ओझेलमा ढोरपाटनको बुकी क्षेत्र « Khabarhub

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपालको एक मात्रा साहसिक शिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन शिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको मुख्य गन्तव्यको रूपमा शिकार पर्यटन र अवलोकनको लागि ढोरपाटन उपत्यकालाई लिने गरिन्छ ।

शिकार पर्यटन र उपत्यका धेरै प्रचारित पर्यटकीय क्षेत्र हुन् । शिकार पर्यटन सबैको पहुँच बाहिरको विषय हो । उपत्यका अवलोकन सहज योग्य क्षेत्र ।

यद्यपी ढोरपाटन क्षेत्रका पर्यटकीय गन्तव्य यतिमा मात्र सीमित छैनन् । ढोरपाटन उपत्यकादेखि ४–५ घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुकी क्षेत्र ढोरपाटनको खास र आकर्षक पर्यटकीय गन्तव्य हो ।

ढोरपाटन घुम्न जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन उपत्यका, उत्तरजंगा र ढोरबराह मन्दिरमा पुगेर फर्किन्छन् । स्थानीयवासी, गोठाला, शिकार आरक्षमा कार्यरत कर्मचारीलाई थाहा भएको तर धेरै प्रचार र पहुँचमा नभएको फागुने लेक, गार्पा लेक, जलजला, निसेल ढोर क्षेत्र ओझेलमा परेका छन् ।

करिब चार हजार मिटरको उँचाइमा रहेका उक्त बुकी क्षेत्र धौलागिरि, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्नका लागि उपयुक्त क्षेत्र हुन् ।

स्थानीय श्याम कुमार विकका अनुसार बुकी क्षेत्रमा पर्यटकलाई पुर्‍याउन सके मात्र ढोरपाटनको थप महत्त्व र गन्तव्यको रूपमा विकास हुनेछ । बुकी क्षेत्रमा ठूला रुख हुँदैनन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि मरुभूमिको झल्ने दिने विकको भनाइ छ ।

‘धेरै पर्यटकलाई ढोरपाटन भन्ने उपत्यका मात्रा हो भन्ने बुझाइ छ,’ स्थानीय चकबहादुर अदैले भने, ‘प्रकृति प्रेमी पर्यटकलाई बुकी क्षेत्र थप आकर्षक गन्तव्य हो ।’ बुकी क्षेत्रमा पुग्ने पहुँच मार्गको निर्माण र प्रचार गर्न सके हिमाली पर्यटक आकर्षण गर्न सकिन्छ । बुकी क्षेत्रमा जंगलको बाटो हुँदै पैदल यात्रा र घोडा सवारमार्फत पुग्न सकिन्छ ।

उक्त क्षेत्रमा पुगेपछि आँखै अगाडी देखिन दन्त लहर हिमशृङखलाले उकालो यात्राको थकान र चिसो भुलाउने ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष जीवन पुनको भनाइ छ । ‘बुकी क्षेत्रको पर्यटकीय दृश्य अद्भुत छ,’ उनले भने, ‘वर्षामा गोठाले जीवन शैली हिउँदमा हिउँले भरिभराउन हिमालय रेन्ज अवलोकन गर्न मज्जा आउँछ ।’ ढोरपाटन क्षेत्रका पशुपालन कृषकहरू जेठदेखि असोजसम्म गाई, भैँसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन् ।

ढोरपाटन क्षेत्रका स्थानीयको घुम्ती बसाइँ, घुम्ती पठन पाठन, घुम्ती व्यापार र जीवनशैली पनि अध्ययन र अवलोकनका लागि आकर्षक विषय हुन् । बुकी क्षेत्रमा गोठालाहरूले भेडा, बाख्राको उनबाट तयार गरिएको घुम, काम्लो, कम्मल पनि गज्जबको देखिन्छ । स्थानीयले खोलेका होटेल, घरबासले पर्यटकलाई सहज बनाएको छ ।

बुर्तिवाङदेखि तीस किलो मिटर यात्रापछि ढोरपाटन पुगिन्छ । ढोरपाटन शिकार आरक्ष प्रवेश गर्दा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को कानूनी व्यवस्था अनुसार नेपाली नागरिकलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र विदेशी नागरिकलाई तीन हजार रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

बुकी क्षेत्रमा पर्यटकलाई लैजाने गरी योजना तयार गरेको कँडेलले बताए । ढोरपाटन क्षेत्रका उच्च पहाड, बुकी क्षेत्र, कोणधारी जंगल, ताल, घुम्ती बसाइँ, जीवनशैली, तिब्बतीय संस्कृति, उत्तरजंगा, ढोरबराह क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य हुन ।

सडक मार्गको स्तरवृद्धि गर्नु मुख्य समस्या छ । पर्यटन विकासको लागि ढोरपाटन क्षेत्रमा पहुँच मार्गको उचित सम्बोधन गर्नुपर्ने वडा नम्बर ६ का अध्यक्ष पुनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ४० बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०