सत्ता गठबन्धनका शीर्ष नेताप्रति नारायणकाजी असन्तुष्ट « Khabarhub

सत्ता गठबन्धनका शीर्ष नेताप्रति नारायणकाजी असन्तुष्ट

अहिलकै स्थितिमा एमसीसी स्वीकार गर्न नसकने भनाइ


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सत्ता गठबन्धनका शीर्ष नेताप्रति असन्तुष्ट देखिएका छन् । उनले आफ्नो असन्तुष्टि शुक्रबार ट्वीटरमार्फत पोखेका छन् ।

मन्त्री बन्ने तिब्र चाहाना राखे पनि उनलाई मन्त्री नबनाइएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि असन्तुष्ट छन् । असन्तुष्टिकै कारण पार्टीको प्रवक्ताबाट राजीनामा दिएर बसेका श्रेष्ठले सत्ता गठबन्धनका शीर्ष नेताहरुकोमात्र बैठक बसेर निर्णय लिने गरिएको भन्दै आसन्तुष्टि पोखेका छन् ।

उनले प्रतिनिधिसभा अदालतले पुनःस्थापना गरेपछि र देउवा सरकार गठन भएपछि पाँच दलीय गठबन्धन अहिले शीर्ष नेताको गठबन्धनमा परिणत भएको भन्दै आक्रोश पोखेका छन् ।

उनले देउवा नेतृत्वको सरकार बनेपछि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय भए पनि सो गठन हुन नसकेकोमा आक्रोश पोखेका छन् । उनले अहिले निर्णयहरु साँघुरो घेराबाट हुन थालेकोसमेत टिप्पणी गरेका छन् ।

देउवा सरकार बन्नुअघि निकै सक्रिया देखिएका श्रेष्ठ पछिल्ला दिनहरुमा गुमनाम भएका छन् । सत्ता सञ्चालनमा पनि उनको कुनै भूमिका छैन । त्यसैले पनि उनी असन्तुष्ट बनेका हुन् ।

एमसीसीबारे पनि श्रेष्ठले पार्टीको धारणा भन्दै अहिलेकै अवस्थामा पारित हुन नसक्ने बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ५६ बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन