रियल मड्रिडको जित, बार्सिलोना पराजित | Khabarhub Khabarhub

रियल मड्रिडको जित, बार्सिलोना पराजित


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ ।

नोउ क्याम्पमा भएको खेलमा क्याटलान क्लब बार्सिलोना रियल बेटिससँग १–० ले स्तब्ध बन्यो । बेटिसका जुआनमीले खेलको ७९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

पूर्वखेलाडी जाभी होर्नाण्डेजको प्रशिक्षणमा बार्सिलोनाको लिगमा पहिलो हार हो ।

अर्को खेलमा रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–० को सहज जित पायो । रियलको जितमा लुका जोभिक र भिनिसिउस जुनियरले समान १ गोल गरे ।

यस्तै ला लिगाकै अर्को महारथी क्लब एथ्लेटिको मड्रिड आरसिडी मालोर्कासँग २–१ ले स्तब्ध बन्यो ।

घरेलु टोली एथ्लेटिकोको लागि म्याथिअस कुन्हाले गोल गर्दा विजयी टोलीका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले समान १ गोल गरे ।

जितसँगै रियल १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा छ । यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ ।

बार्सिलोना शीर्षस्थानको रियलसँग १६ अंकले पछि परिसकेको छ । यता, अर्को पराजित टोली एथ्लेटिको १९ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : १७ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार