इन्डोनेसियामा ज्वालमुखी बिस्फोट : १ जनाको मृत्यु, दर्जनौं घाइते « Khabarhub

इन्डोनेसियामा ज्वालमुखी बिस्फोट : १ जनाको मृत्यु, दर्जनौं घाइते


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जार्कार्ता – इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।

ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फँसेका १० जनाको उद्दार भइरहेको छ ।

वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’

इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको