राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित « Khabarhub

राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन् ।

पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती ३४औं नम्बर १२५८ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा अभिषेक थापा २३औं नम्बरमा १३२७ मतसहित निर्वाचित भएका छन् ।

महिला खुल्ला तर्फ कमल थापाकी छोरी २३औं नम्बमा प्रतिष्ठा थापा १५३० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : २० बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली