रुघा ज्वरोमा घरेलु उपचार  | Khabarhub Khabarhub

रुघा ज्वरोमा घरेलु उपचार 


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो एक प्रकारको सङ्क्रमण हो । जुन एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दछ । रुघा ज्वरोका कारण शरीर असाध्यै दुख्छ । आँखा टाउको निधार असाध्यै दुख्न थाल्दछ । हेर्दाहेर्दै एक सय दुई देखि एक सय चारसम्म ज्वरो आउँदछ ।

रुघा ज्वरोबाट बच्न निम्नलिखित घरेलु उपचार गर्न सकिन्छ ।

१. महमा २ चम्चा पिपलको धुलो मिलाई खानुहोस् ।

२. निम, सौफ तथा पिपललाई मिलाई बिहान बेलुका खानु लाभदायक मानिन्छ ।

३. चना तथा सेतो नुन तातो गरी सुँघ्नाले रुघा ज्वरो निको हुन्छ ।

४. तुलसी, कालो मरीच, तथा परवर खानु उपयुक्त मानिन्छ ।

५. एक चम्चा बेसारमा अलैँची र कालो नुन मिलाई तातो पानीसँग खानाले साधारण ज्वरो निको हुन्छ ।

६. दुई चम्चा रायोलाई महसँग मिलाई खानु रुघा ज्वरोको लाग लाभदायक हुन्छ ।

७. १० ग्राम मुलाको धुलोलाई तातोपानीसँग खानु अति उत्तम मानिन्छ ।

८. हिङलाई तातोपानीमा मिलाई सुँघ्नाले रुघा ज्वरो निको हुन्छ ।

९. एक गिलास गाइको दूधमा १ चम्चा बेसार मिलाई खानाले रुघा ज्वरो निको हुन्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ५९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड