गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार « Khabarhub

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ ।

प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३० वर्षीय शान्ता विकलाई आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेको र थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने उल्लेख गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकोप्टर झिकाएर गर्भवतीको उद्धार गरिएको हो ।

यसअघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको, यसपल्ट आठ महिनामै प्रसूति व्यथा सुरू भएको, अण्डाशयमा पानीका फोकाहरू देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । उद्धार गरिएका शान्तालाई प्रसूति गृह थापाथली काठमाडौँ लगिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : ५२ बजे

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत

अमेरिकी मध्यावधि चुनावबाट ट्रम्प थप बलियो बन्ने मिलेईको आशा

वासिङ्टन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट

दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड