गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार « Khabarhub

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ ।

प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३० वर्षीय शान्ता विकलाई आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेको र थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने उल्लेख गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकोप्टर झिकाएर गर्भवतीको उद्धार गरिएको हो ।

यसअघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको, यसपल्ट आठ महिनामै प्रसूति व्यथा सुरू भएको, अण्डाशयमा पानीका फोकाहरू देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । उद्धार गरिएका शान्तालाई प्रसूति गृह थापाथली काठमाडौँ लगिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : ५२ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड