साताको पहिलो दिन सेयर बजार ७० अंकले ओरालो « Khabarhub

साताको पहिलो दिन सेयर बजार ७० अंकले ओरालो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ । यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन् । सबैभन्दा बढि फाइनान्स समूह ४.५४ प्रतिशतले घटेको छ ।

गत साताभरमा पनि नेप्से करिब डेढ सय अंकले घटेको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार एउटा बैंकबाट प्रति ऋणी चार करोड र सम्पूर्ण बैंकबाट कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था छ ।

यसैगरी मौद्रिक नीतिले नै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा-निक्षेप (सिडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएसँगै बजारमा तरलता अभाव भएको छ भने व्याजदर पनि बढेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ४९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं