बैंक/वित्त

मुक्तिनाथ विकास बैंकबाट विभिन्न सामाजिक उत्तरदायित्वका काम सम्पन्न

By खबरहब

December 05, 2021

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ ।

बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ।

यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्न बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यससाथै ईलाकाप्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तककार्यक्रम संचालनकानिमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ ।

यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्गअवस्थामाभएकाआँधीखोलागाँउपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथाजिविकाकालागि रु १००,००० सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथविकास बैंकले आफ्नो सामाजिकउत्तरदायित्वलाई आत्मसाथगर्दै, यस सहयोगबाट सेवा क्षेत्रकानागरिक र व्यक्तिहरुको हितमाकामहुने विश्वास लिएको छ ।