यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो « Khabarhub

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो ।

उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशी ११ रन बनाए।

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रनको योगदान दिए । जोडे। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए भने शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा सात प्रदेशले राउण्ड रोबिनका आधारमा लिग खेलेका थिए । लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ०८ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब