चितवनबाट बाघ गणना सुरु « Khabarhub

चितवनबाट बाघ गणना सुरु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनबाट आइतबार बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरु गरिएको हो ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गरेर सर्वेक्षणको उद्घाटन गरे । बाघ सर्वेक्षणका लागि करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिने छ ।

चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

कार्यक्रममा मन्त्री यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताए। उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमी, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरे ।

उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको धारणा राखे। बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए ।

नेपालमा सन २००९ देखि बाघ सर्वेक्षण सुरु गरिएको हो । त्यसबेला नेपालमा १२१ वटा बाघ रहेका थिए भने चितवनमा मात्रै ९१ वटा बाघ थिए । २०१३ मा नेपालमा १९८ वटा बाघ रहेकोमा चितवनमा १२० वटा थिए ।

सन २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २३५ वटा बाघ रहेका छन् । जसमध्ये चितवनमा मात्रै ९३ वटा बाघ छन् । नेपाल सरकारले सन २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २५० वटा पुर्‍यमउने प्रतिवद्धता जनाएको थियो ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ५० बजे

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप