कार्यालयमा देखिएन सामाजिक दूरी « Khabarhub

कार्यालयमा देखिएन सामाजिक दूरी


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कोरोना भाइरसको सङ्क्रमण समाज अझै पनि रहँदै आएको अवस्थामा यहाँका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम गरेका छैनन् । सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका छन् ।

अन्य कार्यालयमा स्वास्थ्य मापदण्ड पूरा भए नभएको निगरानी र कार्यान्वयनमा ल्याउने जिल्ला प्रशासन कार्यालयमै यो समस्या रहेको छ । स्वास्थ्य मापदण्ड लागू गराउने जिल्ला प्रशासन कार्यालय तनहुँमा नै स्वास्थ्य मापदण्ड पालना गराउन सकिरहेको छैन ।

विशेषगरी जिल्ला प्रशासन, मालपोत, नापी, करदाता सेवा कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, दमौली अस्पतालमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । सेवाग्राहीको भीड बढेकाले स्वास्थ्य मापदण्ड लागू गर्न सक्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

कार्यालयमा दैनिक १०० देखि १३५ जना नागरिकता लिन र ३० देखि ३५ जना राहदानी लिन आउने गरेका छन् । सेवाग्राहीको साथमा आएका परिवारजन, आफन्तको कारणले पनि भीड बढेको बरालले भने, “नागरिकता लिनुपर्दा बाबु/आमा वा नजीकको नातेदार पनि साथमा ल्याउनुपर्ने हुँदा भीड बढ्नु स्वभाविक हो ।”

मालपोत कार्यालयमा टोकन प्रणाली

जिल्ला मालपोत कार्यालयले भीड कम गर्न टोकन प्रणाली लागू गरेको छ । टोकन प्रणाली लागू गरेपनि भीड थेगी नसक्नु हुने गरेको निमित्त मालपोत अधिकृत खेमबहादुर खत्रीले बताए ।

घर जग्गा धितो राखेर व्यापार र व्यवसाय गर्नेको सङ्ख्या वृद्धि हुँदै गएकाले व्यवस्थापन गर्न नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा दैनिक सेवाग्राहीको भीड बढेपछि भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई/तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ ।

आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजात कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १० : ३० बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान