गगन थापाले लेखे– सुवास नेम्बाङको निरिहता देखेर दया लागेर आयो « Khabarhub

गगन थापाले लेखे– सुवास नेम्बाङको निरिहता देखेर दया लागेर आयो


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली कदमका विषयमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको टिप्पणी छ ।

थापाले लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’

यस्तो संकटका बेला तत्कालीन संविधान सभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापाको भनाइ छ। ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ,’ थापाले भनेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ। प्रश्नबाट भाग्नुभएको छ। आफैँले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’

‘मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ,’ थापाले भनेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस लगायतका दलले विरोध गरिरहेका छन्। यसबारे ओली निकट रहेका नेता नेम्वाङले प्रष्टसँग बोलेका छैनन्।

https://www.facebook.com/thapagk/posts/3738086826235202

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १० : ४५ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान