दाहाल-नेपाल समूहको अनेरास्ववियु लालटिन बालेर सडकमा (भिडियोसहित) | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियु लालटिन बालेर सडकमा (भिडियोसहित)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् ।

ओलीले गैरसंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरेको विरोधमा दाहाल-नेपाल समूहको अनेरास्ववियुले आज लालटिन बालेर प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा भएको प्रदर्शन माइतीघर मण्डलदेखि नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।अनेरास्ववियुले सरकारविरूद्ध पुस २९ गतेसम्म सडक आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ला कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १ : ५४ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले