‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको रोमान्स (भिडियो) « Khabarhub

‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको रोमान्स (भिडियो)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

मंगलवार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरियो । गीतको भिडियोमा कविता मानन्धर र शक्ति श्रेष्ठको शीर्ष भूमिका छ ।

कविता अभिनेत्री करिष्मा मानन्धरकी छोरी हुन् भने शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् ।

यी दुईले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।

साथै फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुसाल, शिव श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

दिनेश सापकोटाको निर्देशनमा तयार भएको यो फिल्म माघ १ गतेदेखि प्रदर्शन गरिने फिल्म टिमले जनाएको छ ।

शीर्ष गीतमा सुष्मा रुपाबाङ राईले लेखेकी हुन् भने वसन्त सापकोटाले संगीत निर्देशन गरेका हुन् ।

यस्तै गीतमा रिकेश गुरुङको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ छ । साथै गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  २ : ३५ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६