प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र « Khabarhub

प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नव नियुक्त युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ समक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीएल) ले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार मन्त्रालयमै एनएनआईपीएले मन्त्री तामाङसमक्ष खेलाडीको प्रोत्साहन भत्तादेखि अभ्यास सुरुका लागि पहल गर्न माग राख्दै ६ बुँदे  ध्यानाकर्षण पत्र बुझाएको हो ।

एनएनआईपीएले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरि उपलब्ध गराउन माग गरेको छ ।

यस्तै, सागका रजत तथा कास्य पदक विजेता खेलाडीका लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्न एनएनआईपीएले माग गरेको छ ।

गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पहल गर्न समेत माग गरेको छ ।

यस्तो छ ध्यानाकर्षणपत्र

 

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : १० बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक