ओली डरलाग्दो तानाशाह बनेको नेता भुसालको आरोप « Khabarhub

ओली डरलाग्दो तानाशाह बनेको नेता भुसालको आरोप


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली डरलाग्दो तानाशाह बनेको आरोप लगाएका छन ।

प्रचण्ड–नेपाल समूह संघर्ष समिति झापाको बिर्तामोडले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि डरलाग्दो तानाशाह भएको आरोप लगाएका हुन ।

उनले ओलीको असंवैधानिक संसद् विघटनले मुलुक डरलाग्दो भुमरीमा फसेको समेत तर्क गरे ।

‘प्रधानमन्त्रीको ठूलो हतियार नै संसद् हो, उहाँले संसद् विघटन गरेर त्यसको हत्या गरिसक्नुभयो, त्यसपछिको हतियार पार्टी हो, त्यो पनि उहाँले विभाजित बनाइसक्नुभयो, अब उहाँ गुन्डा र मण्डले शक्तिको पछाडि लागेकाले अन्ततः हातमा केही पनि रहँदैन, त्यसपछि मुलुक डरलाग्दो भुमरीमा फस्ने निश्चित छ,’ भुसालले भने, ‘कदाचित् सर्वोच्च अदालतले संसद् विघटनलाई सदर गरिदियो भने ओलीले राष्ट्रपतिसहित सबै संवैधानिक निकाय आफ्नो कब्जा लिन्छन्‌, मुलुक एउटा विद्रोहमा जान्छ, त्यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन।’

ओलीले सेटिङ मिलाएर संसद् विघटन गरेकाले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने भुसालले दाबी गरे । उनले ओलीको तानाशाह धेरै दिन नटिक्ने भन्दै पतन निश्चित भएको बताए ।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ४३ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने