ओली डरलाग्दो तानाशाह बनेको नेता भुसालको आरोप « Khabarhub

ओली डरलाग्दो तानाशाह बनेको नेता भुसालको आरोप


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली डरलाग्दो तानाशाह बनेको आरोप लगाएका छन ।

प्रचण्ड–नेपाल समूह संघर्ष समिति झापाको बिर्तामोडले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि डरलाग्दो तानाशाह भएको आरोप लगाएका हुन ।

उनले ओलीको असंवैधानिक संसद् विघटनले मुलुक डरलाग्दो भुमरीमा फसेको समेत तर्क गरे ।

‘प्रधानमन्त्रीको ठूलो हतियार नै संसद् हो, उहाँले संसद् विघटन गरेर त्यसको हत्या गरिसक्नुभयो, त्यसपछिको हतियार पार्टी हो, त्यो पनि उहाँले विभाजित बनाइसक्नुभयो, अब उहाँ गुन्डा र मण्डले शक्तिको पछाडि लागेकाले अन्ततः हातमा केही पनि रहँदैन, त्यसपछि मुलुक डरलाग्दो भुमरीमा फस्ने निश्चित छ,’ भुसालले भने, ‘कदाचित् सर्वोच्च अदालतले संसद् विघटनलाई सदर गरिदियो भने ओलीले राष्ट्रपतिसहित सबै संवैधानिक निकाय आफ्नो कब्जा लिन्छन्‌, मुलुक एउटा विद्रोहमा जान्छ, त्यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन।’

ओलीले सेटिङ मिलाएर संसद् विघटन गरेकाले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने भुसालले दाबी गरे । उनले ओलीको तानाशाह धेरै दिन नटिक्ने भन्दै पतन निश्चित भएको बताए ।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ४३ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व