प्रजातन्त्रको रक्षाको लागि राष्ट्रवादी आन्दोलन जरुरी : अध्यक्ष थापा « Khabarhub

प्रजातन्त्रको रक्षाको लागि राष्ट्रवादी आन्दोलन जरुरी : अध्यक्ष थापा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने वताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे ।

‘अशान्ति, अराजकताको वातावरण गुज्रिराखेको छ । ५२ सालमा माओवादीले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्नको लागि हिंसात्मक गतिविधि गर्‍यो । त्यो गतिविधिले शैक्षिक क्षेत्र अस्तव्यस्त भयो, राम्रोसँग पढाइ हुन सकेन । संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन्’, अध्यक्ष थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने,’गरिवि, भ्रष्टाचार बढेर गएको छ, कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको छ । अहिले बर्षको ५ लाख भन्दा बढि पासपोर्ट बनाएर अरबको मरुभुमि जान बाध्य भएका छन् ।’

उनले नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक बनेको आरोप लगाए । उनले भने, ‘अहिले जुन संकट आएको छ जनताले होइन, अन्य दलले होइन दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको छ, जनतालाई बेइमानी र धोका भएको छ । ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटना तर्फ धकेलिरहेको छ ।’

उनले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि, देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन हुन जरुरी रहेको बताए । उनले हिंसा, अस्थिरता र अराजकताको अन्त्य गर्न, नाटक र नौटङ्कीलाई बढार्नको लागि समेत राष्ट्रवादी आन्दोलनको तयारी रहनु नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेता दिपक बोहोरा, नेता विक्रम पाण्डे, श्याम तिमिल्सिना, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, पूर्व अध्यक्ष उज्वल पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका थिए । कार्यक्रम उपाध्यक्ष एवं बागमति प्रदेश संयोजक शशि भण्डारीको सभापत्विमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : ४६ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व