देशको पछिल्लो अवस्थाबारे ‘श्वेतपत्र’ सार्वजनिक हुन्छ : अध्यक्ष दाहाल « Khabarhub

देशको पछिल्लो अवस्थाबारे ‘श्वेतपत्र’ सार्वजनिक हुन्छ : अध्यक्ष दाहाल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन ।

मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले उत्पन्न भएको हो ? र, यसले पारेको प्रभावलगायत विषय समेटिएको श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन ।

उनले सशस्त्र सङ्घर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, समृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।”

उनले नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताए । उनले यतिबेला सत्य र असत्य, लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको स्पष्ट पारे ।

उनले सङ्घीय संसदमा भएका दुईतिहाइ बढीले संसद् विघटन असंवैधानिक भनेर सङ्घर्षमा रहेको जिकिर गरे ।

अध्यक्ष दाहालले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने पनि बताए ।

“अहिले हामी संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । हामी नागरिक आन्दोलनसँगै छौँ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ”, अध्यक्ष दाहालले भने,“लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तै उस्तै भनेर बुझ्नु हुँदैन ।”

उनले संयुक्त जनपरिचालनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा सो समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए ।

प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसर भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नरहेको उल्लेख गर्दै उहाँले संविधानले नै नदिएको अधिकार कोही कसैले पनि प्रयोग गर्न नहुने बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ३६ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व