प्रदर्शनमा सहभागीलाई सभापति देउवाले दिए धन्यवाद « Khabarhub

प्रदर्शनमा सहभागीलाई सभापति देउवाले दिए धन्यवाद


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिएका छन ।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने शुभेच्छुक संस्था र पार्टीको सबै तहका पदाधिकारी तथा सदस्य एवं सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा बधाइ ज्ञापन गरेका हुन ।

साथै उनले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुर्‍याउनु हुने सञ्चारकर्मीमा पनि धन्यवाद ज्ञापन गर्दै पूर्वघोषणा अनुरुप आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिलसमेत गरेका छन ।

नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल साँस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल, र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ४७ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व