मलेसियाको सडकमा अलपत्र तामाङ स्वदेश फर्किए | Khabarhub Khabarhub

मलेसियाको सडकमा अलपत्र तामाङ स्वदेश फर्किए


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियाको सडकमा अलपत्र परेका एक नेपाली युवा स्वदेश फर्किएका छन् । धादिङ्ग घर भएका पेरित तामाङ बिगत लामो समयदेखि मलेसियामा सडक मान्छे बनेर भौतारिइरहेका थिए ।

करिब ३४ महिना अघि मलेसियाको स्थानीय पत्रिकाले दुर्घटनामा परि एक नेपाली शक्त घाइते भनी उनको बारेमा लेखेपछि उनको खोजिकार्य भएको थियो । धेरै भन्दा धेरै नेपालीहरुले उनको अवस्था पत्ता लगाउन जनउद्धार केन्द्र लाई फोन, म्यासेज बाट आग्रह गरेका थिए ।

अवैधानिक रुपमा रहेका उनलाई जसरी पनि स्वदेश फर्काउनु पर्ने थियो तेसैले मलेसिया अध्यागमन विभागमा चाहिने कागजि र कानुनी प्रक्रिया पूरा गरी जनउद्धार केन्द्र मलेसियाले पेनाङ्गदेखि क्वालालम्पुर विमानस्थल सम्मको खर्च समेत उपलब्ध गराएको केन्द्रका अध्यक्ष केशु थापाले बताए ।

मलेसियास्थित नेपाली दूतावासले यात्रा अनुमानि पत्र निशुल्क उपलब्ध गराइदिए पछि हिमालयन एअरलाइन्सको उडान मार्फत उनलाई स्वदेश पठाइएको केन्द्रका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ०२ बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद