इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता « Khabarhub

इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्डविरुद्धको अन्तिम तथा चौथो टेस्टको दोस्रो दिन भारतले झिनो अग्रता बनाएको छ ।

अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा भारतले ७ विकेट गुमाएर २ सय ९४ रन बनाएर खेलिरहेको छ ।

भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली शुन्य रनमा आउट भए । वासिंगटन सुन्दर ६० रनमा अविजित छन् ।

इन्ल्याण्डका जेम्स एण्डरसनले ३ विकेट लिए । बेन स्टोक्स र ज्याक लिचले २/२ विकेट लिए ।

यसअघि बिहीबार इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेल्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको ४ खेलको सिरिजमा भारत २-१ ले अघि रहेको छ । यो टेष्ट इन्ल्याण्डले जितेमा खेल बराबरी हुनेछ । अन्यथा सिरिज भारतले कब्जा गर्नेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु