नेकपा ओली समूहको संसदीय दलको बैठक आज « Khabarhub

नेकपा ओली समूहको संसदीय दलको बैठक आज


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।

अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

दाहाल-नेपाल समूहले आफ्नो बैठकमा १११ सांसद उपस्थित भएको दाबीमा सत्यता नरहेको भट्टराईले बताए ।

‘९० कुर्सी राखेको पनि नभरिएको देखियो १११ सांसदको दाबीमा सत्यता बहुसंख्यक हामीसँगै छन्, बहुसंख्यक सदस्यसहितको बैठकबाट हुने निर्णय नै आधिकारिक हो,’ भट्टराईले भने,’ हामी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्छौ ।’

आइतबार डाकिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूलाई निर्देशन दिने उनले बताए ।

दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाए पनि त्यो प्रकियासम्मत नभएकाले मान्य नहुँने ओली पक्षीय नेताहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ५७ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३