फरार तीन अभियुक्त पक्राउ « Khabarhub

फरार तीन अभियुक्त पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका तीन जना झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई जना सवारी ज्यान मुद्दामा कैद फैसला भएका व्यक्ति हुन् भने एक जना बहुविवाहका प्रतिवादी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका गौरीगञ्ज ३ का दिपक राय मण्डलविरुद्ध २०७५ मंसिर ११ गते सवारी ज्यान मुद्दामा १ महिना कैदको फैसला भएको थियो ।

त्यस्तै सोहि मुद्दाका सिन्धुली कमलामाई २ का हेमकुमार कामी पनि पक्राउ परेका छन् । उनलाई २०७६ कातिक २७ गते १ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

यस्तै झापा अर्जुनधारा ४ का नरेन्द्रनारायण चौधरी पनि पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा २०७५ पुष १७ गते उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

अदालतको फैसला पछि उनीहरु फरार रहेको र प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको उनले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ४३ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३