आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान « Khabarhub

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।

भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालन रहेको भने बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका–१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ ।

ती जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको सो कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न केन्द्रको निर्देशनअनुसार प्रदेशभरी सिसिटिभी क्यामरा जडान गर्न लागिएको हो ।

कतिपय ठाउँमा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अन्य ठाउँमा जडान हुन् बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : २५ बजे

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व