म प्रधानमन्त्रीको रेसमा छैन– सभापति देउवा | Khabarhub Khabarhub

म प्रधानमन्त्रीको रेसमा छैन– सभापति देउवा


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।

सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना पनि नभएको बताए ।

नेकपाको आफ्नै झगडा चलिरहेको भन्दै देउवाले आफू प्रधामन्त्रीको दौडमा लागेर नफस्ने बताएका हुन् ।

पुस्तक विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर मलाई प्रधानमन्त्री हुने चाहाना पनि छैन । सबै कुरामा नलाग्नु होला । उनीहरुको झगडामा म फस्न चाहान्न ।’

उनले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताए।

उनले भने, ‘नेकपामा ओली र प्रचण्ड–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो।’

नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ५० बजे

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी