प्रदेश २ का प्रमुख झाले दुर्घटनाका घाइतेको उद्धार गरी अस्पताल पुर्‍याए « Khabarhub

प्रदेश २ का प्रमुख झाले दुर्घटनाका घाइतेको उद्धार गरी अस्पताल पुर्‍याए


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्‍याएका छन् ।

छिन्चु सडकखण्डमा आज अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिए ।

कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख डा.अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराएका हुन् ।

घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ ।

प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम शुरु गरेका छन् । सोहीअन्तर्गत कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदानपश्चात् फर्किँदै थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ४ : १८ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३