पल र मलिकालाई लिएर फिल्म निर्माणको तयारी « Khabarhub

पल र मलिकालाई लिएर फिल्म निर्माणको तयारी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पल शाह र मलिका महतले शीर्ष भूमिका निभाउने गरी फिल्म निर्माणको तयारी थालिएको छ ।

पछिल्लो समय दर्शकले रुचाएको यो रिल जोडीलाई शीर्ष भूमिकामा लिएर केन्द्र मोसन पिक्चर्सले फिल्म बनाउने तयारी थालेको हो ।

केन्द्र मोसन पिक्चर्सले यसअघि पल र मलिकाको जोडीलाई दुईवटा म्युजिक भिडियोमार्फत सार्वजनिक गरिसकेको छ ।

फिल्म निर्माणबारे यसअघि नै चर्चा चले पनि यसबारेमा कुनै आधिकारिक जानकारी दिइएको छैन । नायिका मलिका महतले फिल्ममा काम गर्नेबारे कुरा भइरहेको तर अझै फाइनल नभएको बताइन् ।

‘लिखित सम्झौता भएको छैन तर कुरा चलिरहेको छ,’ मलिकाले भनिन् ।

पछिल्लो समय पल र मलिकालाई फिचरिङ गरिएका दुई म्युजिक भिडियोले चर्चा कमाएका छन् । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ ले दर्शकको अपार माया पाएका छन् । यी दुई फिल्म दुई हप्तामै युट्युबमा एक करोड दर्शकले हेरेर रेकर्ड ब्रेक गरेका छन् ।

कुनै नेपाली गीत संगीत करोड क्लबमा पुगे पनि त्यसका लागि समय लाग्ने गर्छ । पल र मलिकाको जोडीलाई दर्शकले मन पराएका छन् ।
दर्शकको यही क्रेज देखेर केन्द्र मोसन पिक्चर्सले नै फिल्मको तयारी थालेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ०० बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन