दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको जिल्लाको लेकम गाउँपालिका–६ उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी ‍अन्य ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका–६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा परी घाइते भएका शैल्यशिखर–८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सूचना अधिकारी चन्दका अनुसार दुर्घटनामा परी शैल्यशिखर–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेका छन् ।

जीप कच्ची सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ५५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति