यसरी गर्न सकिन्छ हैजा लागेमा घरमै उपचार « Khabarhub

यसरी गर्न सकिन्छ हैजा लागेमा घरमै उपचार


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हैजा रोग उल्टी (वान्ता) लगातार दिसा ल्याउने रोग हो । हैजा लाग्दा लगातार दिसा जानुका साथै पेटमा सुई घोचेको जस्तो पीडा अनुभूति गराउँछ ।

घरेलु उपचार

—     पुदिना र कालो मरिच पिसेर आधा चम्चाका दरले तातो पानीमा मिलाई खानाले हैजा निको हुन्छ ।

—     रोगी बस्ने तथा सुत्ने ठाउँमा लसुन फोकेर राखिदिनाले पनि हैजाका किटाणु नष्ट हुन्छन् ।

—     रोगीलाई सौँफ तथा अलैँची खानाले पनि लाम मिल्दछ ।

—     पानीमा कपुर मलाई बारम्बार खानाले पनि उपयुक्त हुन्छ ।

—     रोगीको शरीरमा तेल लगाउनुपर्छ । जसले शीघ्र उल्टी तथा दिसा जान बन्द हुन्छ ।

—     एक चम्चा शक्खर, आधा चम्चा नुन, आधा चम्चा कागतीको रस पानीसँग मिलाई बारम्बार रोगीलाई ख्वाउनुपर्दछ जसले शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्दछ ।

—     काँचो आँपलाई पानीमा उमाली प्याजको रस मिलाउनुहोस् र रोगीको हत्केला तथा तालुमा मालिस गरिदिनुहोस् जसले गर्दा रोगीलाई आराम मिल्दछ ।

—     जाइफललाई थोरै पानीसँग मिलाई पिसेर निधारमा लेपन गरिदिनुहोस् जसले हैजा ठिक पार्दछ ।

—     यदि पिसाब कम आइरहेको छ भने आधा कप पानीमा आधा चम्चा खाने सोडा मिलाई खुवाउनुहोस् जसले पिसाब खुलेर आउन मद्दत गर्दछ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको