वायु प्रदूषणको असर : उद्योगधन्दा बन्ददेखि यातायातमा जोरबिजोरसम्मको तयारी « Khabarhub

वायु प्रदूषणको असर : उद्योगधन्दा बन्ददेखि यातायातमा जोरबिजोरसम्मको तयारी


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि उस्तै छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै सोमबारदेखि फेरि उपत्यकासहितका शहरहरूमा वायु प्रदूषण बढेको हो ।

वायु प्रदूषण नहट्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरहरूमा तुवाँलो लागेको छ । घाम नलाग्दा र हावाको बेग नचल्दा प्रदूषित धुलोका कण तथा डढेलोले ल्याएको धुँवा उपत्यकाको वायु मण्डलमा थुप्रिएको वरिष्ठ मौसम विद् राज प्रधानाङ्ग बताउँछन् ।

देशका ७ सयभन्दा बढी स्थानमा लागेको डढेलो नियन्त्रणमा नआउँदा पनि समस्या देखिएको वातावरण विभागका अधिकारीहरू बताउँछन् ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा बंगलादेशको ढाका छ ।

एआईक्यूका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३१० पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको मापनमा बिहान ७ बजेको मापनमा भरतपुरको सबैभन्दा खराब ३२४, भक्तपुरको एआईक्यू २६९ र धादिङको २७५ छ ।

विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार सोमबारको तुलनामा प्रदूषण केही घटेको छ । तर आँखा पोल्नेलगायतका समस्या यथावत रहेकाले सकेसम्म घरभित्रै रहन उनले आह्वान गरेका छन्।  यो अवस्थामा सुधार नआएमा सवारी साधनमा जोरबिजोर, उद्योगधन्दा र विद्यालय बन्द गर्न सिफारिस गरिने उनले बताए ।

सोमबारदेखिको तुँवालोले काठमाडौँको भिजिबिलिटी पनि कम भएको छ । भिजिबिलिटी आज पनि १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भिजिबिलिटी कम हुँदा आन्तरिक हवाइ उडानसमेत प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ३७ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान