वायु प्रदूषणका कारण भटाभट उडान रद्द « Khabarhub

वायु प्रदूषणका कारण भटाभट उडान रद्द



काठमाडौँ– केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डटकमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ ।

वायु प्रदूषण नहट्दा मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यका लगायत देशभर तुँवालो लागेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने हावा चलेको छ ।

प्रदूषण अझ बढ्दै गएमा सवारीसाधन र उद्योगधन्दा बन्द गर्ने र प्रदूषण कम गर्ने तयारी विभागले तयारी थालेको छ ।

वायु प्रदूषणकै कारण गत मङ्गलबारदेखि चार दिनसम्म बन्द भएका शैक्षिक संस्था आइतबार खोलिएका छन् । देशव्यापी रुपमा वनमा डढेलोको लहर बढेकाले वायु प्रदूषण भने बढिरहेको छ ।

वायु प्रदूषणका कारण हवाइ उडान क्षेत्र पनि प्रभावित बनेको छ । वायुमण्डलमा आएको खराबीका कारण आन्तरिक उडानहरु रद्ध हुन थालेका छन् ।

आइतवार मौसम केही खुलेसँगै विमानले सामान्य दिनजस्तै उडान भरेका थिए । सोमबार ह्वात्तै वायु प्रदूषण बढ्दा १५ वटा आन्तरिक उडान रद्द भएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘सोमबार पोखरा जोमसोम र पोखरा काठमाडौँका लागि केही उडान भए पनि १५ वटा उडान रद्ध भए ।’

मङ्गलवार पनि वायु प्रदूषणका कारण उडानमा समस्या देखिएको छ । काठमाडौँ विमानस्थलको भिजिवलिटी कम छ । उनकाअनुसार आज केही मात्रामा उडान भएका छन् । उडानका लागि १ हजार ६ सय मिटरदेखि ५ किलोमिटरसम्म पारदर्शिता (भिजिवलिटी) चाहिन्छ ।

काठमाडौँ र आसपासका जिल्लाहरुमा तुवाँलो लागे पनि बाहिरको मौसम सफा रहेको र उडानहरु भइरहेको उनले बताए । ‘अन्तराष्ट्रिय उडानका लागि १ हजार ६ सय मिटरसम्म भिजिवलिटी चाहिन्छ र त्यसमा आज खासै समस्या छैन उडान भइरहेका छन्,’ क्षेत्रीले खबरहबसँग भने ।

उनकाअनुसार प्रदुषणकै कारण वायुमण्डलमा आएको खराबीले केही दिनअघि दैनिक जसो ४० देखि ६० वटासम्म उडान रद्ध भएका थिए ।

सामान्य दिनमा दुई सयभन्दा बढी आन्तरिक ६० वटाभन्दा बढी बाह्य उडान हुन्छन् । लकडाउन अघिको तुलनामा आन्तरिक उडान ५० प्रतिशत र बाह्य उडान २० प्रतिशत मात्र भइरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : १० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक