टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा « Khabarhub

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेका थिए । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गरेका थिए । जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरु भएका थिए ।

तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ ।

उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

तर विश्लेषकहरुले खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।रासस/एएफपी

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले