यस वर्ष ‘पोकर रन’ मा काठमाडौँ-पोखरा यात्रा « Khabarhub

यस वर्ष ‘पोकर रन’ मा काठमाडौँ-पोखरा यात्रा


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘इन्फिल्ड भेट, पोकर रन’ कार्यक्रममा काठमाडौँबाट पोखरासम्मको यात्रा आयोजना गर्ने भएको छ ।

नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो । अब हुने यात्रा एघारौँ हो । विक्रम सम्वतको नयाँ वर्षका अवसरमा यो कार्यक्रम आयोजना हुने गरेको छ ।

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाका अनुसार कार्यक्रममा मोटरसाइकलमा यात्रा गर्न रुचाउने देश विदेशका यात्रु सक्नेछन् । सहभागी हुन नेपाली नागरिकले १३ हजार रुपैयाँ, भारतीयले नागरिकलाई ८ हजार ५०० भारतीय रुपैयाँ र विदेशी नागरिकले १३० अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ ।

नाम रजिस्ट्रेशन गर्न यही अप्रिल १० तारिकसम्मको म्याद दिइएको छ । थापाका अनुसार कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १५० जनालाई मात्र सहभागी गराइनेछ ।

विगतमा चार सय जनासम्म सहभागी भएको थापाले बताए । उनका अनुसार मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो ।

थापाले भने, ‘मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुन्छ ।’

पोकर रनमा हेभी मोटरसाइकल प्रयोग गरिन्छ । नेपालमा रोयल इन्फिल्ड हेभी मोटरसाइकल मानिने भएकाले आरम्भदेखि नै यात्राका लागि रोयल इन्फिल्ड नै रोजिएको उनले बताए ।

यात्रुहरू चैत ३१ गते बिहान काठमाडौँबाट पोखराका लागि प्रस्थान गर्नेछन् । साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम हुनेछ । त्यहाँ सहभागीहरूले आआफ्नो क्षमता प्रदर्शन गर्ने दिने मौका पाउनेछन् ।

यस्तो हो पोकर रन

‘पोकर’ भनेको एउटा कार्ड हो, रन भनेको ‘यात्रा’ । यात्राको समयमा सहभागीहरूले विभिन्न स्थानबाट पोकर (कार्ड) उठाउँछन् । थापाका अनुसार कार्ड उठाउँदै यात्र गर्ने भएकाले यसलाई ‘पोकर रन’ भनिएको हो । यात्रुहरूले पाँच ठाउँमा रोकिँदै एउटा-एउटा कार्ड उठाउँछन् ।

यो कार्यक्रमलाई रोयल इन्फिल्ड बाइक चालकहरूको भेटघाटका रूपमा पनि बुझ्न सकिने थापाले बताए । उनका अनुसार अन्य बाइक चलाउनेहरू पनि सहभागी हुन पाउँछन् तर ३०० सीसीभन्दा बढी क्षमताको हुनुपर्नेछ ।

सहभागीले यात्राको क्रममा उठाएका पाँच वटा कार्डबाट सबैभन्दा बढी अंक जसको हुन्छ उही विजयी हुन्छ ।

वैशाख १ गते पोखराकै एउटा सामुदायिक विद्यालय वा अनाथाश्रमलाई शैक्षिक सामग्री दिने कार्यक्रम पनि रहेको थापाले बताए ।

थापाका अनुसार विगत वर्षहरूमा १७ देशका नागरिक सहभागी भइसकेका छन् । यस वर्ष भने अहिलेसम्म विदेशी नागरिक आएका छैनन् ।

रोड क्याप्टेन अघिअघि

यात्रामा सबैभन्दा अघि रोड क्याप्टेन रहन्छ । उसलाई उछिन्न पाइँदैन । सबैभन्दा पछाडि मेकानिक टोली हुन्छ । यात्रामा बाइक बिग्रिए मेकानिक टोलीले बनाउँछ ।

थापाका अनुसार पोकर रन कार्यक्रमको मुख्य उद्देश्य बुलेट बाइकमा रमाइलो गर्दै यात्रा गर्नु हो । सहभागीहरू पोखराबाटै बिदा हुनेछन् ।

स्याक्रड समिट्सले मोटरसाइकलमा यात्रा गर्न रुचाउने विदेशी पाहुनाहरूलाई सेवा दिने गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ५४ बजे

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी