उपभोक्ता ठग्ने एक मेहेन्दी उद्योगमाथि विभागको कारबाही « Khabarhub

उपभोक्ता ठग्ने एक मेहेन्दी उद्योगमाथि विभागको कारबाही


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कलंकीस्थित एक मेहेन्दी उद्योगमा शिलबन्दी गरेको छ ।

उपभोक्ता ठगी गरेको पाइएपछि विभागले कलंकीस्थित मेहेन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने ‘हबिब काला कोकिला हिनाज’ उद्योगमा शिलबन्दी गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त उद्योगमाथि शिलबन्दी गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

‘उक्त उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ विपरित अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरी अन्य उत्पादक (विदेशी) का ट्रेडमार्क/ब्राण्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी/नोक्सानी पुग्ने गरी कारोबार गरेको पाइएपछि शिलबन्दी गरिएको छ,’ प्रवक्ता सेढाईंले भने, ‘उक्त क्रियाकलापमा प्रत्यक्ष संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।’

उक्त उद्योगले अप्रमाणित रसायन मिश्रण गरेर मेहेन्दी लगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा उत्पादन, भन्डारण, आयात एवम् विक्री वितरण समेत गरेको गोप्य सूचनाका आधारमा विभागले महानगरीय प्रहारी अपराध महाशाखाको सहयोगमा शिलबन्दी गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ९ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै