थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग « Khabarhub

थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेलको लिक नजिकै स्टेशन मास्टरको सानो छोरा खेलिरहेको थियो । परबाट रेल आइरहेको थियो । वरिपरिका मानिसले रेलतिर मात्रै ध्यान दिइरहेका थिए ।

एडिसनले बच्चा देख्नासाथ आफ्नो ज्यानको बाजी थापेर बच्चालाई उठाए र टाढा पुगेर पछारिए । एकैछिन ढिला भएको भए बच्चा मर्न सक्थ्यो । सबैले एडिसनको साहसको प्रशंसा गरे ।

यस घटनाको बारेमा स्टेशन मास्टरले जानकारी पाएपछि एडिसनलाई धन्यवाद दिँदै भने— म तपाईंका लागि के गर्न सक्छु ?

एडिसनले भने— म टेलिग्राफ सिक्न चाहन्छु, के सिकाउन सक्नुहुन्छ ?

स्टेशन मास्टरले स्वीकार गरे । केही दिनमै एडिसनले टेलिग्राफ सिके र एउटा स्टेशनमा उनलाई टेलिग्राफ अपरेटरको नोकरी दिइयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : १० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर