अमेरिकी सांसद्ले भनिन् – चीन ‘दुष्टता प्रदर्शन’ गरिरहेको छ, बाइडेनले ताइवानप्रतिको समर्थन बढाउनपर्छ « Khabarhub

अमेरिकी सांसद्ले भनिन् – चीन ‘दुष्टता प्रदर्शन’ गरिरहेको छ, बाइडेनले ताइवानप्रतिको समर्थन बढाउनपर्छ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन– संयुक्त राज्य अमेरिकाका सांसद्हरुले चीन खराब अक्षको एक हिस्सा भएका कारण ताइवानप्रतिको समर्थनलाई बढाउनुपर्ने बताइरहेका छन् । अमेरिकाको टेनेसी राज्यकी सांसद् मार्शा ब्ल्याकबर्नले आइतबार चीनले राष्ट्रपति जो बाइडेन प्रशासनलाई आक्रामकरुपमा परीक्षण गरिरहेको उल्लेख गदै दुष्टता प्रदर्शन गरिरहेको बताएकी हुन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ब्ल्याकबर्नले अमेरिकी पुस्ताले ताइवानको रक्षा गर्ने वाचा गरेको र अमेरिकाले ‘प्रजातन्त्रको पक्षमा उभिन र प्रजातन्त्रको रक्षा गर्ने’ भएका कारण चिनियाँ सर्वसत्तावादलाई परास्त गर्नुपर्ने बताएकी हुन् ।

‘यो संकेत हाम्रो सहयोगीहरूले इन्डो–प्यासिफिकमा मात्र बुझेका छैनन्, तर यसलाई उनीहरुले विश्वव्यापी रूपमा पनि बुझेका छन् । हाम्रा दुश्मनहरूले यो पनि बुझेका छन कि हामी प्रजातन्त्रका लागि ठोस र दृढ अडान लिनेछौँ,’ उनले भनिन् ।

रिपब्लिकन सिनेटरले बाइडेन प्रशासनले ताइवानलाई बढी समर्थन गरेको सन्देश पठाउनु पर्ने र चीनलाई यसको जवाफ दिनुपर्ने बताएकी छन् । अमेरिकाले चीनले विश्वव्यापीरुपमा बढाइरहेको आक्रमकतालाई रोक्न पहल गर्नुपर्नेसमेत ब्ल्याकबर्नले बताएकी छन् ।

‘चीनले दक्षिण चीन सागरमा कसरी विवाद सिर्जना गरिरहेको छ भने ताइवानमाथि धावा बोलिरहेको छ । हंगकंगमाथिको दमन, सिन्जियांगको नरसंहार, भारतसँगको सीमा विवादलगायतका विषयमा चीनले एकैपटक आक्रमण गरेर विश्व प्रजातन्त्र र स्वतन्त्रतालाई ध्वंश पार्न लागिरहेको छ,’ ब्ल्याकबर्नले फक्स न्यूजलाई भने ।

‘उनीहरूले चिनियाँ साम्राज्य निर्माण गर्ने कोशिस गरिरहेका छन्, जुन पुरानो सोभियत संघले गर्ने गरेको थियो । र चीन, रुस, इरान, उत्तर कोरियालगायतका मुलुकलाई आफ्नो प्रभावमा पार्न चीन लागिपरेको छ । यो चीनको दुष्टताको पराकाष्टा हो । यसलाई रोक्न अमेरिकाले विशेष ध्यान दिन आवश्यक छ ।

बेइजिंगले ताइवानमा पूर्ण सार्वभौमिकता दावी गरेको छ । मुख्य भूमि चीनको दक्षिणपूर्वी तटमा अवस्थित करिब २४ मिलियन जनताको प्रजातन्त्रलाई खोस्ने प्रयत्न चीनले गरिरहेको छ । यद्यपि दुबै पक्षले सात दशक भन्दा बढी समयदेखि अलगरुपमा शासन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ०४ बजे

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

दमौली– जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि