‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका « Khabarhub

‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिस युनिभर्स नेपाल, २०२०’की विजेता अंशिका शर्मा ‘मिस युनिभर्स’को ६९ औँ संस्करणमा सहभागिता जनाउन अमेरिका पुगेकी छिन् ।

यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन अंशिकासँगै ‘मिस युनिभर्स नेपाल’ कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् ।

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिभर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।

विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को ‘मिस युनिभर्स’मा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।

अंशिका देशलाई प्रतिनिधित्व गर्न पाउँदा दंग छिन् । उनले आफुसँगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन ।

अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने बताइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ०० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान