सिरहामा मेडिकल व्यवसायीमाथि गोली प्रहार | Khabarhub Khabarhub

सिरहामा मेडिकल व्यवसायीमाथि गोली प्रहार


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा-  अज्ञात समूहले सिरहाका एक मेडिकल व्यसायीमाथि गोली प्रहार गरेको छ ।

गोली लागि मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड गोली प्रहार गरेर अज्ञात समूह फरार भएको छ ।

एसपी पाण्डेका अनुसार साफीलाई एउटा गोली हातमा र अर्को तिघ्रामा लागेको छ । शुरूमा उनको मिर्चैयाको स्थानीय अस्पताल उपचारपछि बिराटनगर रेफर गरिएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : १० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै