दूधभन्दा पाडापाडी हुर्काउन जोड « Khabarhub

दूधभन्दा पाडापाडी हुर्काउन जोड


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– यहाँको एउटा भैँसी फार्मले दूधलाई भन्दा पाडापाडी हुर्काउने अभियानमा जुटेको छ । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि फार्मले दूध उत्पादनसँगै गोठमा जन्मिएका पाडापाडी हुर्काउने र उन्नत जातको राँगो दिएर माहु भैँसीलाई प्रजनन गराउँदै नस्लसुधार अभियानमा जोड दिएको हो ।

उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ स्थानीय तीन व्यक्तिको लगानीमा २०७३ सालदेखि शुरु गरिएको फार्ममा अहिले जन्मेका १२ पाडी छन् भने एक वर्षको अवधिमा रु एक लाख मूल्य बराबरका पाँच पाडा बिक्री गरेको फार्मका सञ्चालक मोहनबहादुर कार्कीले बताए ।

उनका अनुसार गोठमा जन्मेका पाडापाडीलाई शुरुमा साढे एक थुन दूध दिने गरिएको छ । पछि बिस्तारै दाना र घाँस खान शुरु गरेपछि दूध घटाउने गरिएको जानकारी दिँदै गोठमा जन्मेको एउटा पाडी ब्याउने समेत भएको र अन्य पनि हुर्कंदै छन् ।

‘भारतबाट खरीद गरेर ल्याएका भैँसी दूध दिने समयसम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा कृषकलाई त क्षणिक फाइदा होला तर राज्यको ठूलो रकम विदेशिने गरेको छ’, उनले भने, ‘त्यस्तो विदेशिने रकम रोक्नका लागि पाडापाडी हुर्काउने र नयाँ माहु भैँसीलाई उन्नत जातको राँगो दिएर नस्ल सुधार गर्नु अपरिहार्य छ ।’

गोठमा अहिले १२ पाडीसहित १६ ब्याउने र १२ दुहुना भैँसी रहेको जानकारी दिँदै उनले दैनिक ३० लिटर दूध उत्पादन हुने गरेको छ । उनले प्रतिलिटर रु १४० मा बिक्री गर्दा मासिक रु एक लाख २६ हजार आम्दानी हुने गरेको जानकारी दिए । उन्नत नस्ल उत्पादनका लागि पशु ज्ञान केन्द्रले राँगो खरीदका लागि रु ५० हजार अनुदान दिएको छ । कूल रु ६० हजारमा खरीद गरेको राँगाको तौल ८०० किलो रहेको छ । महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान प्राप्त गरेको छ ।

‘फार्ममा उत्पादित दूध बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका दूध खरीद गर्न फार्ममै आउँछन्’, कार्कीले भने, ‘दूधमा गोठदेखि ओँठसम्म शुद्धतामा ध्यान दिएका छौँ, फार्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत ‘फ्याट’ हुन्छ ।’

कतिपय दूध त कर्मचारीमार्फत छिमेकका घरघरमा पुर्‍याउँदै आएको उनको भनाइ छ । फार्ममा रहेको एउटा भैँसीले दैनिक १५ लिटर दूध दिने गरेको छ । गोठमा ५० माहु भैँसी पुर्‍याएर दूध बिक्रीबाट मात्र मासिक रु दुई लाख र गोठमा वार्षिक २५ माहु भैँसी उत्पादन गरेर ३० लाखभन्दा बढी आम्दानी गर्नाका साथै जन्मेका २५ पाडा बिक्रीबाट समेत रु छ देखि सात लाख आम्दानी गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।

दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फार्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ ।

उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा बाक्लोपनको मात्रा बढी हुनाका साथै भैँसीको स्वास्थ पनि राम्रो हुने गरेको उहाँको भनाइ छ । फार्मका लागि आवश्यक दानसमेत उत्पादन गरिँदै आएको छ । रासस

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ३१ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो