डेनमार्कले नेपाललाई कोभिडविरुद्धको १४ लाख डोज खोप दिने | Khabarhub Khabarhub

डेनमार्कले नेपाललाई कोभिडविरुद्धको १४ लाख डोज खोप दिने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेनमार्कले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप उपलब्ध गराउने भएको छ । डेनमार्कले कोभिडविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्न लागेको हो ।

डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाउँदै १‍४ लाख डोज खोप प्रदान गर्ने जानकारी गराएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । डेनमार्कले दिन लागेको खोप कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ५८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग