नेतृत्व हस्तान्तरण प्रक्रिया शुरु भएको छ– प्रधानसेनापति थापा « Khabarhub

नेतृत्व हस्तान्तरण प्रक्रिया शुरु भएको छ– प्रधानसेनापति थापा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताएका छन् ।

आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताए ।

उनले भने, ‘यो दुई महिना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु ।’

प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ । उनी २४ भदौ २०७५ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ ।

उनीपछि अब प्रधानसेनापति बन्ने लाइनमा बलाधिकृत रथी प्रभुराम शर्मा छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले सेना राजनीतिक मुद्दाभन्दा टाढा रहने पनि बताए । उनले भने, ‘सेना लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छ । यसका लागि हामी प्रतिबद्ध छौँ ।’

प्रधानसेनापति थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वको अधीनमा रहेर अघि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि