राप्रपा अध्यक्ष राणाद्वारा अक्सिजन जेनेरेटर सहयोग « Khabarhub

राप्रपा अध्यक्ष राणाद्वारा अक्सिजन जेनेरेटर सहयोग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका छन् ।

‘कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा खटेर स्वास्थ्यकर्मीहरूले गरेको कार्य उल्लेखनीय रहेको नेपाली समाजले महसुस गरेकै यथार्थ हो । यसै सन्दर्भमा उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष राणाले भर्चुअल संवादको क्रममा आइतबार मेलम्ची स्वास्थ्य चौकीका डा. आशिष श्रेष्ठसँग भने ।

नेबुलाइजर सहितको हाइड्रोजन अक्सिजन जेनेरेटरले विद्युत आपूर्ति अवरोध नहुँदा २४ सै घण्टा सेवा प्रदान गर्नेछ । विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सिजन उत्पादन गरी कोभिड बिरामीलाई नियमित सेवा दिनेछ ।

स्वास्थ्य चौकीका अधिकारीहरूसँग काठमाडौँबाट कुराकानी गर्ने क्रममा अध्यक्ष राणाले जनताको हितमा निरन्तर सहयोग गर्दै जाने बताए ।

जेनेरेटर हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरू, जिल्ला समिति, क्षेत्रिय कार्य समितिका सदस्य लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ०१ बजे

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै