यस्ता छन् ‘तेल मालिस’ गर्नुका ८ फाइदा « Khabarhub

यस्ता छन् ‘तेल मालिस’ गर्नुका ८ फाइदा



मालिस अत्यन्त लोकप्रिय प्राकृतिक उपचार विधि हो। मौषम परिवर्तन, वातवारणीय प्रदूषण, गलत आहार-विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको धपेडी आदिका कारणले शरीरका साम्य अवस्थामा रहेको पञ्च महाभूतहरूको असन्तुलन पैदा भएर विभिन्न किसिमका रोगहरूको जन्म हुने गर्दछ।

फलतः व्यक्ति रोगी हुन पुग्दछ । प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार यी असन्तुलित पञ्चमहाभूतहरूलाई साम्य अवस्थामा ल्याएर सन्तुलित गराएमा रोगी पुनः स्वस्थ्य जीवनमा फर्कन्छ ।

पञ्चमहाभूत सन्तुलनका लागि प्राकृतिक चिकित्सामा विभिन्न किसिमका उपचार विधिहरु छन् जसमध्ये तेल मालिस पनि एउटा उपचार पद्धति हो।

स्वस्थ व्यक्तिले तेल मालिस योग्य मालिसकर्तासँग गराउन सक्छन भने रोगीले मालिस गराउनु पूर्व प्राकृतिक चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, पञ्चमहाभूतहरूको अवस्था, व्यक्तिको बल, बय (उमेर) र रोगावस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् ।

मालिसको प्रकार, समय, मालिसको कला र स्नेहन द्रव्य (तेल) छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ।

रोगीको रोगलाई हेरेर रोग सामक तेलको प्रयोग नै तेल मालिसको विशेषता हो । यी औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै तेल मालिस हो ।


फाइदाहरु
व्यस्तताले भरिएको तनावग्रस्त आधुनिक जीवनशैलीका लागि तेल मालिस अमृत समान हो । विशेषतः कफ तथा वाथ रोगहरुमा तेल अत्यन्त लाभदायक छ ।

तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक सुन्निएको अवस्थामा अभ्यङ्ग गराउनु हुँदैन । उपयुक्त औषधिहरुको छनोट गरेर गराइएको मालिसले स्वस्थ्य जीवन चाहने जो कोहीलाई पनि पोषण गर्दछ ।

१. निद्रा सम्बन्धी समस्यहरु जस्तै, निद्रा नआउने, बीचबीचमा निद्रा टुटिरहने, गहन तथा आरमदायी निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यमा लाभदायक छ ।

२. त्वचाको रक्तसंचारलाई बढाएर भोजनबाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसंचार हुने, त्वचाको बाह्य स्थानसम्म पुर्याइ पोषण गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर बनाउँछ ।

३. दिशा, पिसाब, पसिना जस्ता विजातीय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

४. जोर्नीहरुको कार्यक्षमता बढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ ।

५. इन्द्रियहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छन् ।

६.तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जीवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा तेल मालिस लाभदाय रहन्छ ।

७. कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, रगतका नसाहरू साघुरिएर रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।

८. धातु क्षयलाई रोक्दछ । अनुहारमा चमक ल्याउदछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ४३ बजे

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्