सबै प्रकारका यातायात चल्न थालेसँगै काठमाडौँका सडकमा सवारीको चाप (फोटोफिचर) « Khabarhub

सबै प्रकारका यातायात चल्न थालेसँगै काठमाडौँका सडकमा सवारीको चाप (फोटोफिचर)


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा मंगलबारदेखि जोर–बिजोर प्रणाली हटाइएसँगै सडकमा सवारीको चाप बढेको छ ।

माइक्रो, टेम्पोलगायत सवारी पनि आजदेखि चलेका छन् । जसका कारण उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । कोरोना संक्रमण जोखिमका कारण जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै दुई महिनापछि सबै सवारीसाधन सञ्चालनमा आएका हुन् ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । त्यस्तै परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्ने गरी परिक्षा सञ्चालन गर्न अनुमति दिइएको छ ।

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा असार ३१ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै