जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन « Khabarhub

जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जगदम्बा स्टिल्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् ।

उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित छ । सीआरएम मिलको जटिल डिजाइन, जडानकार्य, कमिसनिङ यसै कम्पनीका भाईस् प्रेसिडेण्ट एवं कलर कोटिङ्घ उत्पादन प्रविधि विज्ञ प्रभात मिश्राले गरेका थिए ।

जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा कम्पनी विश्वस्त छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुुलनामा अत्यधिक मजबुत र टिकाउ हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : १३ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल