स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने ! « Khabarhub

स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने !


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल स्मार्ट फोन नबोक्ने को होला र ? सबैको हात हातमा स्मार्ट फोन हुने गर्दछ । यसले मानिसको व्यक्तित्वमा पनि प्रभाव पार्दछ । प्रविधिको युग भएकाले यसबाट सयौं उपयोगिता पनि पाउन सकिन्छ । तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा हानी पार्दछ ।

एक अनुसन्धान अनुसार, स्मार्ट फोनले उपयोगकर्ताको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ । अर्थात स्मार्ट फोनको प्रयोग संक्रमणको खानी हुने देखिएको छ । युनिभर्सिटी अफ सुर्रेका विद्यार्थीहरूले गरेको अनुसन्धान अनुसार स्मार्ट फोनमा स्वास, छाला र खानपानसम्बन्धी रोग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्छ ।

युनिभर्सिटीका विद्यार्थीहरूले आफ्ना मोबाइल फोनहरू पेट्री डिसमा ३ दिनसम्म राखेका थिए । यसपछि गरिएको अध्ययनमा डिसमा विकसित ब्याक्टेरियाहरू फोनहरूमा जम्मा भएका थिए । फोनमा विकसित भएका यस्ता ब्याक्टेरियाहरूमा केही हानिकारक समेत थिए ।

आणविक जीवविज्ञानका वरिष्ठ व्याख्याता डा. साइमन पार्कका अनुसार जसरी यौनसम्पर्क, कफ, पानी, खाना आदिको माध्यमले ब्याक्टेरिया फैलिन्छ, त्यसरी नै स्मार्ट फोनबाट समेत फैलिएको ब्याक्टेरियाले उपयोगकर्तालाई संक्रमणमा पार्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्