गर्मीमा के खाने ? | Khabarhub Khabarhub

गर्मीमा के खाने ?


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्षायाममा हुने अत्यधिक गर्मीले मानिसलाई खानपानमा खासै रुची हुदैँन । अझ गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्किएसँगै शरीरमा पानीको मात्रा कम हुन्छ र जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिनमा निकै विचार पुर्‍याउनुपर्छ । पानीको मात्रा अत्यधिक भएका चिज खानुपर्छ । गर्मी मौसममा कस्ता खानेकुरा खाने त ?

क) दही : शरीरमा पानीको अभावले हुने ‘डिहाइड्रेसन’बाट बच्न यो मौसममा सबैभन्दा राम्रो खानाको विकल्प हो, दही । दहीमा ८५ प्रतिशत पानी हुन्छ । साथै प्रोटिन, भिटामिन बी र क्याल्सियम पनि प्राप्त गर्न सकिन्छ ।

ख) साग र सलाद : साग र सलादमा पानीको मात्रा ९५ प्रतिशतसम्म हुन्छ । यसमा बोसो पनि हुँदैन र प्रोटिन धेरै पाइन्छ । गर्मीमा साग र सलादमा बढी नै जोड गर्दा राम्रो हुन्छ ।

ग) भात : गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा भातले पूर्ति गर्न सक्छ । भातमा ७० प्रतिशत पानी हुन्छ । चामल पाइने आइरन र कार्बोहाइड्रेडले शरीरलाई तागत पनि दिन्छ ।

घ) स्याउ : स्याउमा ८६ प्रतिशतसम्म पानीको मात्रा हुन्छ । स्याउमा फाइबर पनि प्रशस्त पाइन्छ । स्याउ भिटामिन ‘सी’को राम्रो पनि हो । गर्मीमा स्याउ सेवनले निकै फाइदा गर्छ ।

ङ) ब्रोकाउली : पानीको मात्रा बढी हुने तरकारीमा ब्रोकाउली पनि पर्दछ । गर्मीमा हुने विभिन्न प्रकारका एलर्जीबाट बचाउन यसको सेवन लाभदायी हुन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : १४ बजे

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको