आजदेखि कतारमा लगाएको प्रतिबन्ध थप खुकुलो बन्दै « Khabarhub

आजदेखि कतारमा लगाएको प्रतिबन्ध थप खुकुलो बन्दै


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै लगिरहेको छ।

आजदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिवन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने जनाएको छ । कोरोनाबिरुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ जनासम्म भेला हुन् पाइनेछ ।

सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुला गर्न पाइनेछ भने २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहकहरुले रेस्टुरेन्टमा बसेर खान पाउने छन् ।

जोखिम मूल्याङ्कनको आधारमा ३० देखि ५० प्रतिशतसम्म क्षमतामा प्रदर्शनी, सम्मेलन र कार्यक्रम गर्न पाइने मन्त्रालयले जनाएको छ । पूर्ण खोप लगाएका ३५ जनासम्मले खेलकुद प्रशिक्षण गर्न पाउने छन्।

कतारमा पछिल्लो २४ घण्टामा १८१ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २४ हजार ३८४ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ७० वटा ‘एक्टिभ’ केस रहेका छन् भने ६४ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये २३ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ५६ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन