अभिनयबाट ब्रेक लिँदै पंकज « Khabarhub

अभिनयबाट ब्रेक लिँदै पंकज


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता पंकज त्रिपाठी पछिल्लो समयमा बलिउडमा रुचाइएका अभिनेतामा पर्छन् । उनले धेरै फिल्म र वेब सिरिजमा आफ्नो अभिनय कौशल देखाइसकेका छन् । यी अभिनेताले आफू अभिनयको शिखरमा पुगिसकेकाले केही समयका लागि विश्राम लिन चाहेको खुलाएका छन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘मिमी’ले यतिबेला चर्चा पाइरहेको छ । ‘म अभिनयबाट थाकिसकेको छु । म दुईदेखि तीन महिनासम्मका लागि ब्रेक लिन चाहन्छु । त्यसपछि मात्र आफूले बाचा गरेका प्रोजेक्ट पुरा गर्छु । केही समय ब्रेक लिएर आएँ भने म र दर्शकका लागि निराशा हुनेछैन’, उनले भनेका छन् ।

उनले आफूले थोरै रमाइलो, रोचक क्षण र उत्साहित कामका लागि समय छुट्याउन लागेको उल्लेख गरेका छन् । ‘म अन्यबाट मोटिभेसन लिन्छु । मैले थिएटरमा प्रशिक्षण लिँदा पनि यो ज्ञान लिएको थिएँ’, उनले भने ।

पंकजले दर्शकका लागि तथ्यपरक र अर्थपूर्ण विषय आवश्यक रहेकाले आफूले गलत किसिमका सन्देश जाने फिल्ममा अभिनय नगर्ने बताए । उनले देख्दा अभिनय सजिलो भए पनि अभिनय गर्ने कलाकारका लागि यो गाह्रो विषय भएको उल्लेख गरे ।

पंकज आफ्नो प्रमुख काम अभिनय नभई यात्रा र खानु रहेको बताउछन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ४५ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६